
महानगरपालिकाका सडकमा थुप्रिएका फोहोर सोमबारदेखि सिसडोल ल्यान्डफिल्ड साइट लगिने काठमाडौँ महानगरपालिकाको योजना विफल भएको छ ।
साङल्हामु राजमार्गको तीनपिप्ले सडकखण्डमा स्थानीयले सडक स्तरोन्नति नहुन्जेल फोहोर लैजान नदिने अडान लिएका कारण फोहोर व्यवस्थापनमा समस्या भएको हो ।
महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार मुड्खु–तीनपिप्ले सडकखण्ड मर्मत नहुन्जेल फोेहोर उठाउन सकिन्न ।
उनले भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक विभागसहितको टोली सिसडोल पुगेको भन्नेसम्म जानकारीमा आएको तर महानगरपालिकालाई पूर्ण जानकारी नआएको बताए। गोरखापत्र दैनिकमा खबर छ ।