काठमाडौं पुरानो बानेश्वरबाट एक चिनियाँ नागरिकसहित ३६ जना पक्राउ परेका छन् ।
अवैध कल बाइपासमा संलग्न भएको अरोपमा उनीहरूलाई सोमवार राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरूबारे थप अनुसन्धान भइरहेको एसपी दिनेश मैनालीले जानकारी दिए ।