×

NMB BANK
NIC ASIA

अमेरिकामा दूतावास भवन खरिद गर्दा अनियमितता

विनाप्रतिस्पर्धा ७७ करोडमा दूतावास भवन खरिद, कागजात अध्ययन गर्दै लेखा समिति

फागुन १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संसद्को सार्वजनिक लेखा समितिले अमेरिकाको वाशिङ्टन डिसीस्थित नेपाली राजदूतावासले खरिद गरेको जग्गामा भएको अनियमितताको छानबिन शुरू गरेको छ ।

Muktinath Bank

२०७५ सालमा अमेरिकाका लागि राजदूत रहेका अर्जुन कार्कीले विना प्रतिस्पर्धा ७७ करोड ३७ लाख ९ हजार ७६६ रुपैयाँ खर्च गरेर राजदूत निवासका लागि घर जग्गा खरिद गरेको उजुरी परेपछि लेखा समितिले छानबिन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भवन खरिद गर्नका लागि २०७३ पुस १७ गते नै टेन्डर आह्वान गरिएको थियो। तर उक्त टेन्डरको प्रक्रिया टुंगो लगाएर सोही प्रक्रियामार्फत घर जग्गा खरिद गर्नुपर्नेमा सो नगरी विना प्रतिस्पर्धा घर जग्गा खरिद गरी अनियमितता गरेको उजुरी समितिमा परेको छ ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेका अनुसार परराष्ट्र मन्त्रालयबाट झिकाइएका सबै कागजातको अध्ययन गर्नुका साथै महालेखा परीक्षकको कार्यलय र सार्वजनिक खरिद अनुगमन कार्यालयसँग समेत त्यस विषयमा परामर्श लिने काम सम्पन्न भएको छ।

Vianet communication
Laxmi Bank

'महालेखा परीक्षकको कार्यालयले दिएको प्रतिवेदनमा अनियमितता भएको भन्ने उल्लेख छ । अहिले समितिमा उजुरी समेत आएपछि त्यसको छानबिन थालेका छौं,' पाण्डेले लोकान्तरसँग भने, 'परराष्ट्रबाट झिकाइएका कागजातको अध्ययनपश्चात महालेखा परीक्षकको कार्यालय र सार्वजनिक खरिद अनुमगन कार्यालयबाट समेत लिएको परामर्शपछि अनियमितता भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।'

विदेशस्थित नियोगले घर जग्गासहित वस्तु वा सेवा खरिद गर्नुपर्दा छुट्टै कार्यविधि बनाएर गर्नुपर्ने सार्वजनिक खरिद  ऐनको प्रावधान छ । उक्त कार्यविधि बनाउँदा सार्वजनिक खरिद अनुगमन कार्यालयको समेत सहमति लिएर मात्र बनाउनुपर्ने हुन्छ । जुन कार्यविधिको आधार टेकेर घर जग्गा खरिद गरेको भनेर परराष्ट्र मन्त्रालयले जवाफ दिएको छ, त्यो आधारमा दूतावासले कार्यविधि नै बनाउन नसक्ने देखिन्छ ।

'घर जग्गालाई पनि वस्तु वा सेवाको आधारमा खरिद गर्न सकिने भन्ने प्रावधानसहित संशोधन गर्नका लागि सार्वजनिक खरिद ऐनको संशोधन विधेयक अहिले पनि संसद्मा विचाराधीन  छ,' पाण्डेले लोकान्तरसँग भने, 'वाशिङ्टन डिसीमा घर जग्गा खरिद गर्दा जे आधार लिएको भनिएको छ, त्यो प्रावधान अहिले पनि सार्वजनिक खरिद ऐनमा संशोधन भएको छैन। त्यसैले ऐनमा भएको प्रावधानविपरीत आफूखुशी कार्यविधि बनाएर प्रतिस्पर्धा नै नगराई घर खरिद गरिएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।'

अब बस्ने समितिको बैठकमा सबै कागजात पेश गरिने र त्यसपछि थप छानबिनका लागि उपसमिति बन्ने वा नबन्ने विषयमा निर्णय हुने उनले बताए ।

यसरी गरिएको थियो खरिद

विदेशस्थित नेपाली नियोगहरूका लागि क्रमशः घर खरिद गर्दै जाने नेपाल सरकारको नीति र मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रमअनुसार राजदूत निवास खरिदका लागि ८५ करोड बजेट व्यवस्था गरिएको थियो ।

त्यसमध्ये ७७ करोड ३७ लाख रुपैयाँ निवास खरिद गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२०७५ वैशाख २ गते राजदूत निवास खरिद प्रक्रिया अगाडि बढाउन परराष्ट्र मन्त्रीस्तरीय निर्देशन दूतावासले प्राप्त गरेको थियो।

२०७५ वैशाख १३ गते राजदूत निवास खरिदका लागि ८५ करोड रुपैयाँसम्म खर्च गर्नका लागि स्वीकृति सहितको पत्र दूतावासले प्राप्त गरेको थियो । निवास खरिद प्रयोजनार्थ उपप्रमुख जीवनप्रकाश श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय खरिद इकाइ गठन गरिएको थियो ।

अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्सका इन्जिनियर कुलमणि आचार्यले तयार पारेको राजदूत निवासको स्पेसिफिकेसन र अमेरिकन डलर ७८ लाख १५ हजारको लागत अनुमान २०७५ वैशाख १४ गते राजदूतस्तरबाट स्वीकृत भएको थियो ।

२०७५ वैशाख १४ गते घर खोजी गर्न सैनिक सहचारी मधुकर सिंह कार्कीको संयोजकत्वमा भवन खोजी समिति गठन गरिएको थियो ।

उक्त समितिले २०७५ वैशाख २१ गते स्पेसिफिकेसन अनुसारको घर खोजी गरी प्राप्त ३ वटा घरको विवरणसहितको प्रतिवेदन पेश गरेको थियो ।

२९११ युनिभर्सिटी टेरेस न्युयोर्कमा अवस्थित ०.९३ एकड क्षेत्रफलमा रहेको घरको मूल्य ७२ लाख ५० हजार अमेरिकन डलर प्रस्ताव गरिएको थियो। दोस्रो ३१०१ चेन ब्रिजमा ०.३६ एकड क्षेत्रफलमा फैलिएको घरको मूल्य ८१ लाख ५० हजार अमेरिकन डलर र तेस्रो २८१५ वुडल्यान्डमा अवस्थित ०.४१ एकड जग्गामा रहेको घरको मूल्य १ करोड ७ लाख ५० हजार अमेरिकन डलर पर्ने भनी समितिले विवरण पेश गरेको थियो ।

तीनवटा प्रस्तावमध्ये सबैभन्दा कम मूल्य उल्लेख गरिएको र बढी क्षेत्रफल भएको २९११ युनिभर्सिटी टेरेसमा अवस्थित घर उपयुक्त देखिएको भनी प्राप्त प्रतिवेदनअनुसार विदेशस्थित नेपाली नियोगको सार्वजनिक खरिद कार्यविधि, २०७३ को दफा १२ (३) अनुसार स्वतन्त्र मूल्यांकनका लागि सर्टिफाइड ब्रोकर्स ओपिनियन अफ भ्यालुबाट कम्पेरेटिभ मार्केट एनालिसिसलाई जिम्मा दिइएको थियो ।

स्टेफन रकहाइन्डमार्फत मूल्यांकन गराएर घरको वास्तविक मूल्य ६९ लाख अमेरिकन डलर पर्ने निष्कर्ष निकालियो ।

त्यसै क्रममा राजदूतावासले स्थानीय कानून, प्रचलन र अभ्यासबमोजिम रियल स्टेट एटर्नी र रियलस्टेट सेटलमेन्ट एटर्नी छनोट गरी परामर्श लिएको थियो । दूतावासले स्थानीय कानून र अभ्यासअनुसार छनौट गरेको एटर्नीमार्फत बिक्रेताको रियल इस्टेट ब्रोकरलाई र रियल इस्टेट ब्रोकरमार्फत बिक्रेतालाई प्रस्ताव पेश गर्ने कानूनी प्रावधानबमोजिम प्रस्ताव पेश गरेको थियो ।

३ चरणमा गरी सूचिकृत मूल्य अमेरिकी डलर ७२ लाख ५० हजारबाट ६८ लाख अमेरिकन डलरमा घटाइ घरको खरिद मूल्य निर्धारण गरिएको थियो ।

क्रेताले प्रस्ताव गरेको भन्दा ४ लाख ५० हजार अमेरिकन डलर (६.२० प्रतिशत), स्वतन्त्र मूल्यांकनकर्ताको न्यूनतम मूल्यांकन ६९ लाख अमेरिकन डलरभन्दा १ लाख अमेरिकन डलर र स्वीकृत लागत अनुमानको अमेरिकन डलर ७३ लाख (कन्टिन्जेन्सी र अन्य प्रोभिजनबाहेक )भन्दा ६.८७ प्रतिशत कम रहेको छ ।

२०७५ असार ३ गते परराष्ट्रमन्त्रीस्तरीय निर्णयबाट सह-सचिव मणिप्रसाद भट्टराईको संयोजकत्वमा प्राविधिक, कानून र लेखा समूहका कर्मचारी  सम्मिलित स्थलगत उपसमिति गठन गरिएको थियो ।

उक्त समितिले २०७५ असार २४ गते खरिद कार्यमा प्रचलित कानूनी व्यवस्था अवलम्बन गरेको उल्लेख गर्दै प्रतिवेदन पेश गरेको थियो ।

राजदूतस्तरको २०७५ असार १५ गतेको निर्णयानुसार यस विषयमा भएका सम्पूर्ण कार्यहरूको मूल्यांकन गरी प्रतिवेदन पेश गर्न सैनिक सहचारी मधुकरसिंह कार्कीको संयोजकत्वमा लेखा र प्राविधिकसहितको एक समिति गठन गरी उक्त समितिले २०७५ असार १६ गते पेश गरेको प्रतिवेदनअनुसार उक्त घर खरिदको प्रक्रिया अगाडि बढाउने रायसहितको प्रतिवेदन पेश गरिएको थियो ।

सोही दिन राजदूतावासले आवश्यक कागजातसहित घर खरिदका लागि मन्त्रालयमा सहमति माग गरेको थियो ।

२०७५ असार २७ गते मन्त्रीस्तरीय निर्णयबाट प्रस्तावित राजदूत निवास खरिद सम्झौताका लागि सहमति प्राप्त भएपश्चात खरिद कारवाही सम्पन्न गरी घर तथा जग्गाको स्वामित्व नेपाल सरकारको नाममा कायम गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x