११ साउन २०८३, सोमबार

अपहरणमा परेका बालबालिकाको उद्धार गर्ने प्रहरी टीम पुरस्कृत

फागुन १०, २०७८
अपहरणमा परेका बालबालिकाको उद्धार गर्ने प्रहरी टीम पुरस्कृत

गत साता रुपन्देहीको सैनामैना नगरपालिका–६ बाट अपहरित दुई बालबालिकाको सकुशल उद्धार गर्न सफल प्रहरी टीम पुरस्कृत भएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले रुपन्देही प्रहरी प्रमुख मनोजकुमार केसीसहित १३ जना प्रहरीलाई नगदसहित पुरस्कृत गरेको हो । 

सो प्रहरी टीमले बालबालिकाको उद्धार गर्नुका साथै अपहरणका आरोपीलाई समेत नियन्त्रणमा लिएको थियो । 

‘राम्रालाई पुरस्कार, खराबलाई दण्ड’को नीतिअन्र्तगत प्रदेश प्रहरीले अपरेशनमा खटिएका टीमलाई पुरस्कृत गरेको बताएको छ । 

नेपाल प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार र प्रहरी आचरणविरुद्ध काम गर्नेलाई कारवाही गर्दै आएको छ । 

गत बिहीवार (फागुन ५ गते) सैनामैना–६ का १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रसन्न दाहाललाई सैनामैना नगरपालिका–५ का ३५ वर्षीय उनकै फूपाज खेमबहादुर पौडेलले अपहरण गरेर पूर्व जिल्ला झापा पुर्‍याएका थिए । 

पारिवारिक रिसइबीका कारण भतिजा–भतिजीलाई फूपाजुले अपहरण गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

झापाको इलाका प्रहरी कार्यालय अनारमनीको सहयोगमा प्रहरीले शुक्रवार बिर्तामोडबाट बालबालिकाहरूलाई सकुशल उद्धार गरेको थियो । 

उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी प्रमुख एसपी केसी, इप्रका बुटवलका डीएसपी ठगबहादुर केसी, इप्रका रन्यौराका इन्सपेक्टर जीवन लामिछाने, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत इन्सपेक्टर भाष्कर चन्द, इन्सपेक्टर बाबुराम बस्नेत, सई बेगम खनाल, असई मिलन जिसी, मनिष थापा, राजकुरमा विक, हवल्दार वीरबहादुर खड्का क्षेत्री, कृष्णबहादुर कार्की, रामसकल अहिर र जवान सागर गोदार पुरस्कृत गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्