
स्वास्थ्य मन्त्रालयले पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएका नागरिकहरूलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै १८ वर्षमाथिका सबैलाई उपलब्ध भएसम्म सोही खोप र सो नभएमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडेर्ना, जोन्सन एण्ड जोन्सन वा फाइजर खोप बुस्टर डोजको रुपमा दिन लागिएको जनाएको हो ।
नजिकको खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन मन्त्रालयले भनेको छ ।
संक्रमित भएकाहरूको हकमा भने संक्रमणमुक्त भएको एक महिनापछि खोप तथा बुस्टर डोज लिन मिल्ने मन्त्रालयले जनाएको छ ।
खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य लिएर जान मन्त्रालयले भनेको छ ।