
भारतमा मंगलवार बिहान भएको सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो ।
उद्धार कार्य अझै जारी छ, ११ जनाको शव निकालिएको छ । दुईजना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।