×

NIC ASIA

विकराल बन्दै अनलाइन ठगी

जिन्दगीभर पढाएर जम्मा गरेको २९ लाख मोबाइलमा प्राप्त एउटै प्रलोभनले स्वाहा !

फागुन १०, २०७८

Prabhu Bank
NTC
Premier Steels

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ८ की ५८ वर्षीया गीता (नाम परिर्वतन) शिक्षण पेशाबाट अवकाश प्राप्त व्यक्ति हुन् । २०७७ सालको मंसिरमा पेशाबाट अवकाश पाएपछि उनी काठमाडौंमा एक्लै बस्दै आएकी थिइन् । 

Muktinath Bank

उनका २ छोरीहरू बेलायतमा बस्दै आएका छन् । अवकाशपछि उनी छोरीहरूसँगै बस्न बेलायत जाने योजनामा थिइन् । काठमाडौंमा एक्लै भएकाले छोरीहरूले उनलाई बोलाइरहेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको दैनिकी समाजिक सञ्जाल फेसबूक चलाउँदै बित्थ्यो । बेला–बेलामा छोरी तथा नातिनातिनासँग म्यासेन्जरमार्फत कुराकानी गर्थिन् । 


Advertisment
Nabil box
Kumari

विक्रम संवत् २०७७ माघमा फेसबूकमा डीआर जोन लाउरेन्स नामबाट फ्रेन्ड रिक्वेस्ट आयो । उनले रिक्वेस्ट त्यो स्वीकार गरिन् । 

Vianet communication

म्यासेन्जरमा कुराकानी पनि हुन थाल्यो ।  कुराकानीका क्रममा एकदिन उनलाई ह्याट्स एपमा जोडिन अनुरोध आयो ।  ह्वाट्स एपमा जोडिइन् ।

ती व्यक्तिले एक दिन उनलाई सुनको सिक्रीदेखि ५० हजार र १ लाख ५० हजार पाउन्डसम्म जित्न सक्ने चिठ्ठा भरिदिएको छु, पर्‍यो भने ह्याट्स एपमा फोन आउन सक्छ है भन्ने जानकारी दिए ।

त्यसको २ दिनपछि उनलाई ह्वाट्सएप नम्बर ९८०९४६९४८१५९, ३८०९१६९४८१५९ र ९९४४०२६८३०३२ बाट तपाईंलाई ९० लाख नेपाली रुपैयाँबराबरको चिठ्ठा परेको छ भनेर फोन आयो । 

गीताको खुशीको सीमा रहेन । काठमाडौंमा भएको घर र अवकाशपछि आएको पैसा लिएर बेलायत जाने योजनामा थिइन् । त्यो पैसा खर्च नहुने भयो भन्दै मनमनै हर्षित् थिइन् ।

उनलाई कस्टम चार्ज लाग्ने भनियो र एसबीआई बैंकमा खाता नभए खोल्न समेत ती व्यक्तिहरूले आग्रह गरे ।

उनले एसबीआई बैंकमा खाता रहेको भन्दै खाता नम्बर दिइन् । उनीहरूले चिठ्ठा परेको पैसा उक्त बैंकमा आउने बताएका थिए । 

डीआर जोनले ९० लाख पाउनका लागि आफूले भनेको व्यक्तिलाई कस्टम चार्ज पठाउन आग्रह गरे ।

उनले विश्वास दिलाउनका लागि सुटकेसमा पैसा रहेको फोटोहरू पनि पठाए ।

शुरूमा विकास झा नाम गरेका व्यक्तिलाई नेपाली ४० हजार पठाउन भनियो । उनले पैसा पठाइन् ।

त्यसपछि राजीव मण्डल, असिम आलम, कमलेश गुप्ताको नामा ४०/४० हजार पठाउन भनियो । ९० लाख आउँछ भनेकाले उनले पैसा पठाइरहिन् ।

ठूलो रकमको प्रलोभनमा परेकी उनलाई फेरि ज्योती विकास बैंकमा खाता रहेका गंगा बिसीका नाममा ६ लाख ५० हजार पठाउन भनियो । 

गान्दिप गौतमका नाममा ५ लाख, २ लाख ५० हजार, ३ लाख ५० हजार गरेर ११ लाख गर्दै २० जना व्यक्तिको नाममा कुल २९ लाख ४० हजार रुपैयाँ पठाइसकेकी थिइन् ।

त्यसपछि उनलाई एकमुस्ट २५ लाख पठाउन भनियो । बल्ल उनी आफू ठगिएको महशुस गर्दै प्रहरीकोमा पुगिन् ।

उनले विभिन्न व्यक्तिका नाममा बैंक खाता, आईएमई, सीटी एक्सप्रेस, प्रभु मनी ट्रान्सफरमार्फत पैसा पठाएको अनुसन्धानमा देखिएको छ ।

‘उहाँ आफूसँग भएको पैसा सबै पठाएपछि मात्र प्रहरीको आउनुभएको हो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘उहाँ कसैलाई नभनिकन पैसा पठाउँदा र अनलाइनमा चिनजान भएका व्यक्तिहरूको विश्वास गर्दा ठगिनुभएको देखिन्छ ।’

पछिल्लो समय यसरी अनलाइनमार्फत ठगिएँ भन्दै उजुरी दिनेको संख्या बढेको प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए । 

‘अनलाइनबाट ठगी भएका भन्ने उजुरीहरू दैनिक वृद्धि भइरहेका छन्,’ एसपी कोइरालाले लोकान्तरसँग भने, ‘एक महिनामा ७० वटा निवेदन महाशाखामा आएका छन् ।’ 

उनका अनुसार अधिकांश अनलाइनमा चिठ्ठा पर्‍यो भन्ने प्रलोभनमा ठगिएकाहरू छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x