
पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४२४ नमूना परीक्षणमध्ये २९९ पीसीआर र १७७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९२८ छ ।
मन्त्रालयका अनुसार थप ८३१ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९
लाख ५३ हजार ४३० पुगेको छ ।
हाल मुलुकभर १० हजार ७४७ सक्रिय संक्रमित छन् ।