
स्थानीय तहको निर्वाचन रोक्न माग गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले वैशाख ३० को चुनाव रोक्न अन्तरिम आदेश दिन नपर्ने आदेश दिएको हो ।
सरकारले बैशाख ३० मा स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि संविधानले प्रदत्त गरेको आफ्नो पाँच वर्षे कार्यकाल पूरा नहुने भन्दै निर्वाचन रोक्न माग गरेर महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिवकुमार साहले रिट दर्ता गरेका थिए ।
सोही रिटको सुनुवाई गर्दै न्यायाधीश श्रेष्ठ अन्तरिम आदेश दिनुनपर्ने निर्णय सुनाएका हुन् ।
साहको रिट यसअघि अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । साहले सोही दरपीठ विरूद्ध निवेदन दिएका थिए ।