
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भइरहेको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि थपिएका छन् ।
संसदमा पेश भएको एमसीसी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
दुई नेता छलफल भइरहेको समयमा पोखरेल र पौडेल थपिएको बालुवाटार स्रोतले बताएको छ ।
छलफलबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की भने बाहिरिएका छन् ।
एमसीसी संसदमा पेश भएपछि ओली प्रधानमन्त्री देउवालाई भेट्न पहिलो पटक बालुवाटार गएका हुन् ।
संसदमा एमसीसी पेश हुने अघिल्लो दिन देउवाले बालकोटा पुगेर ओलीलाई भेटेका थिए । दुई नेताको भेटमा भएको कुराकानी सार्वजनिक भएको छैन ।
एमालेले सत्तारूढ गठबन्धन भत्काउने शर्तमा एमसीसीमा सघाउने बचन देउवालाई दिएको राजनीतिक वृत्तमा चर्चा छ ।
आजको भेट दुई नेताले के सहमती गर्छन भन्ने कुरामा एमसीसी र गठबन्धन के हुने भन्ने टुंगो लाग्न सक्छ ।