२२ जेठ २०८३, शुक्रबार

बालुवाटार जानुअघि ओलीले भेटेका थिए अमेरिकी राजदूतलाई

फागुन १०, २०७८
बालुवाटार जानुअघि ओलीले भेटेका थिए अमेरिकी राजदूतलाई
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जानअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी  बेरीसँग भेटवार्ता गरेका छन् ।

ओलीलाई भेट्न राजदूत बेरी मंगलबार दिउँसो बालकोटा पुगेको ओलीको सचिवालयले बताएको छ । 

राजदूत बेरीले ओलीसँगको भेटमा एमसीसीसँगको सम्झौताबारे छलफल गरेको बताइएको छ ।

बेरीसँग भेटे लगत्तै ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट् बालुवाटार पुगेका थिए । बालुवाटारमा दुई नेताबीचको भेट वार्ता जारी छ । 

भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्