२६ असार २०८३, शुक्रबार

एनसेलले ल्यायो गज्जबको डेली जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर

फागुन ११, २०७८
एनसेलले ल्यायो गज्जबको डेली जीबी प्रयोगकर्ताका लागि क्यास ब्याक अफर

एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।  

गजब्बको डेली जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबारदेखि लागु भएको छ । यस आकर्षक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीकोे गजब्बको डेलि जीबी प्याकको खरिदमा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्छन् । 

७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित मात्र रु १६९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु २० क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरि ग्राहकले कर सहित मात्र रु २६९ मा ७ दिनको समयसिमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले रु ३० को क्यास ब्याकबाट फाइदा लिन सक्छन् ।

त्यस्तैगरी धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसिमा रहेको दैनिक १ जीबी डेटा प्याक कर सहित मात्र रु ५९९ मा सुचारु गर्न सक्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले  रु ६० बोनस क्यास ब्याक पाउँछन् । 

यस गज्जबको डेलि जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । यो डेटा प्याक एनसेल एपबाट पनि सजिलै खरिद गर्न सकिन्छ । 

गज्जबको डेलि जीबी डेटा प्याकमा क्यास ब्याक योजनाले डेटा बाहेक अन्य अन नेट सेवा प्रयोग गर्नका लागि ग्राहकहरुलाई राम्रो लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्