३० असार २०८३, मंगलबार

आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

फागुन ११, २०७८
आजको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 
यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

दिउँसो र राति नै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै अहिले बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्