०८ साउन २०८३, शुक्रबार

सन्नी लियोनीदेखि प्रियंका चोपडासम्म, यी हुन् बलिउडमा सेरोगेसीबाट आमा बन्नेहरू

फागुन ११, २०७८
सन्नी लियोनीदेखि प्रियंका चोपडासम्म, यी हुन् बलिउडमा सेरोगेसीबाट आमा बन्नेहरू

'ग्लोबल आइकन'को परिचय बनाएकी प्रियंका चोपडा केही समय आमा बनिन् ।

प्रियंका र उनका पति निक जोनस सेरोगेसीबाट आमाबुवा बनेका हुन् ।

बलिउड नगरीमा सेरोगेसीबाट बुवाआमा बनेको यो पहिलो पटक भने होइन, यसअघि पनि थुप्रै कलाकार सेरोगेसीबाटै आमाबुवा बनेका छन् ।

सेरोगेसीबाट सन्तानलाई स्वागत गर्नेमा पर्छन्, अभिनेता शाहरूख खान। उनी र गौरी खानका पहिले नै दुई सन्तान थिए।

खान दम्पतीले तेस्रो सन्तानको स्वागत सेरोगसीबाट गरेका थिए। सन् २०१३ मा यो दम्पतीले अबराम खानलाई स्वागत गरेको थियो ।

अबराम खान परिवारको सबैभन्दा कान्छो सन्तान हुन्।

यसैगरी अर्का अभिनेता आमिर खान र किरण रावले पनि सेरोगसीबाटै सन्तानको स्वागत गरेका थिए। सन् २०११ मा छोरालाई जन्म दिएका थिए।

सन्तान प्राप्तिका सबै कोसिस असफल भएपछि उनीहरूले सेरोगेसी रोजेका थिए।

शिल्पा सेट्टी पनि सेरोगसीबाटै आमा बनेकी हुन्।

सन् २०२० मा शिल्पा र राज कुन्द्राले छोरी समिशालाई सेरोगेसीकै माध्यमबाट स्वागत गरेका थिए। यसअघि यी दम्पत्तिको एक छोरा थिए।

करण जौहरले सन् २०१७ मा जुम्ल्याह सन्तानलाई धर्तीमा स्वागत गरेका थिए। करणका जुम्ल्याह छोराछोरी सेरोगेसीबाटै जन्मिएका हुन् ।

करण अहिले आमा हीरु जौहरसँग मिलेर छोराछोरीको पालनपोषण गर्दै आइरहेका छन्।

चर्चित निर्देशक एकता कपुरले छोरा रविलाई पाउनका लागि निकै संघर्ष गर्नुपरेको थियो।

सन् २०१९ मा सेरोगसीबाट आफूले छोरा पाएको खबर उनले सार्वजनिक गरेकी थिइन् ।

एकता कपुरभन्दा अगाडि उनका भाइ तुषार कपुरले सेरोगेसीबाटै छोरा लक्ष्यलाई स्वागत गरेका थिए। तुषार अहिले पनि अविवाहित छन्।

सनी लियोनीले सेरोगसीबाट दुई छोरालाई स्वागत गरेका थिए। त्यसअघि पति डेनियल बेबरलाई मनाएर छोरी निशालाई धर्मपुत्री बनाएका थिए।

यसैगरी बलिउड अभिनेता श्रेयस तलपडे पनि सेरोगेसीबाट बुवा बनेका हुन्।

उनी दीप्तिसँग विवाह बन्धनमा बाँधिएको १४ वर्षपछि बाबु बनेका हुन्।

यसैगरी लीसा रे र उनका पति जासन डेन्ही पनि सेरोगेसीबाट आमाबुवा बनेका हुन्।

उनीहरूले सन् २०१८ मा जुम्ल्याह छोरीलाई जन्म दिएका थिए। यसैगरी 'डिम्पल गर्ल'का नामले परिचित प्रिति जिन्टा पनि सेरोगसीबाटै आमा बनेकी हुन्।

प्रितिले जुम्ल्याह सन्तान जय र जियालाई स्वागत गरेकी थिइन्। प्रितिले सन् २०१६ मा जिन गुडएनफसँग विवाह गरेकी थिइन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्