
नेकपा एमालेका नेता भीम रावलले एमसीसीसँगको सम्झौताका प्रावधानप्रति आँखा चिम्लेर स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास नगर्न नेताहरूलाई चेतावनी दिएका छन् ।
बुधवार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो गर्नेलाई देशप्रति गद्दारी गर्नेको कोटीमा इतिहासले राख्ने समेत टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, 'एमसीसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् । त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने छन् ।'
एमसीसीसंगको सम्झौताका राष्ट्रघाती प्रावधानप्रति आँखा चिम्लेर राष्ट्रिय स्वाधीनता, अस्मिता र हितको विषयलाई पद र स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास कतैबाट नहोस् । त्यसो गरियो भने नेपाली जनता र इतिहासले त्यस्तो कुकर्म गर्नेहरूलाई देशप्रति गद्दारी गर्नेको कोटीमा राख्ने छन् ।
— Dr. Bhim Rawal (@BhimRawal179) February 23, 2022