०२ असार २०८३, मंगलबार

इलामको १० मध्ये ९ स्थानीय तहको नतिजा आयो

कात्तिक २०, २०७४
इलामको १० मध्ये ९ स्थानीय तहको नतिजा आयो

इलाम, १९ असार - माई नगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको प्रमुखमा एमालेका दीपककुमार थेबे छ हजार ७७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमकुमार कार्कीले चार हजार ५२६ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकै विष्णुमाया आचार्य पाँच हजार ८९६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उपप्रमुखमा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी चन्द्रमाया लिम्बूले चार हजार ६८३ मत प्राप्त गर्नुभयो ।

यसैबीच, इलामका १० स्थानीय निकायमध्ये इलाम, देउमाई नगरपालिका, सन्दकपुर, माई जोगमाई, चुलाचुली गाउँपालिका प्रमुख तथा उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने फाकफोकथुम, माङ्सेबुङ र रोङ गाउँपालिकामा काँग्रेसले विजय हासिल गरेको छ । सूर्याेदय नगरपालिकामा भने अझै परिणाम आउन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्