
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ सैनवार निवासी ४१ वर्षीया लिली चौधरीलाई मंगलवार राति बाघले आक्रमण गरेको थियो ।
शौच गर्न घरबाट बाहिर निस्केको समयमा राति ९ बजेतिर बाघले महिलालाई झम्टेको थियो । स्थानीयले होहल्ला गरेपछि बाघ भागेको थियो ।
आक्रमणमा गम्भीर घाइते भएकी चौधरीको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । चौधरीको शव परीक्षण गर्न जिल्ला अस्पताल गुलरियामा राखिएको छ ।
पछिल्लो समयमा बाँके र बर्दियामा बाघले आतंक मच्चाएको छ । जसका कारण स्थानीय त्रसित छन् ।