२३ असार २०८३, मंगलबार

एमसीएको जग्गा र नियुक्ति खारेजीको रिट दरपीठ गरिएपछि सर्वाेच्चमा अर्काे निवेदन दर्ता

फागुन ११, २०७८
एमसीएको जग्गा र नियुक्ति खारेजीको रिट दरपीठ गरिएपछि सर्वाेच्चमा अर्काे निवेदन दर्ता

एमसीसीका लागि एमसीए नेपालले कब्जा गरेको जग्गा र नियुक्त कर्मचारीलाई बदर गर्न माग गर्दै दिएको रिटलाई सर्वोच्च अदालतले गरेको दरपीठविरुद्ध निवेदन दर्ता भएको छ ।
  
एमसीए नेपाल गठन आदेशको राजपत्रको सूचना बदर गर्न समेत माग गर्दै दिएको निवेदन यसअघि सर्वोच्च अदालतले दरपीठ गरेको थियो ।

दरपीठविरुद्ध दिएको निवेदन बुधवार दर्ता भएको निवेदक अधिवक्ता भद्रप्रसाद नेपालले बताए । बुधवार दर्ता भएको निवेदनको दर्ता नम्बर १४१६८ रहेको तथा निवेदन माथिको सुनुवाइ आइतवार हुने उनले बताए ।
 
यसअघि २०७८ माघ २७ गते उनले दिएको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्