२९ असार २०८३, सोमबार

बेलायतले छिट्टै युक्रेनलाई सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्ने

फागुन ११, २०७८
बेलायतले छिट्टै युक्रेनलाई सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्ने

‘रूसबाट बढ्दो खतरापूर्ण व्यवहार’ संयुक्त अधिराज्य (बेलायत)ले युक्रेनलाई निकट भविष्यमा सैन्य सहायताको नयाँ सहयोग (प्याकेज) प्रदान गर्ने बताएको छ ।​ प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार सैन्य सहायताको नयाँ प्याकेज प्रदान गर्ने बताएका हुन् । 

उनले बेलायतको संसदमा बोल्ने क्रममा भने, “म हाउस अफ कमन्समा यो घोषणा गर्दछु कि रूसबाट यूक्रेनमाथि झन्–झन् खतरा सृजना भएको छ । हाम्रो यूक्रेनका लागि घोषित नीति अनुरुप नै बेलायतले चाँडै युक्रेनलाई सैन्य समर्थनको थप प्याकेज प्रदान गर्नेछ ।” 

प्रधानमन्त्रीका अनुसार यस नयाँ प्याकेजमा रक्षात्मक तथा अन्य हतियारलगायतका बन्दोबस्तीका सामान सहायता समावेश हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्