२६ असार २०८३, शुक्रबार

निर्वाचन अधिकृतको नामावली माग

फागुन १२, २०७८
निर्वाचन अधिकृतको नामावली माग

  सङ्घीय  मामिला  तथा सामान्य  प्रशासन  मन्त्रालयले  स्थानीय  तहको  निर्वाचनका लागि  निर्वाचन  अधिकृतको  रूपमा  खटाउने  सम्भावित कर्मचारीहरूको विवरण तयार गर्न लागेको छ ।

निर्वाचन आयोगले  माग  गरेअनुसार  मन्त्रालयले  कर्मचारीको  सूची तयार गर्न लागेको हो ।

निर्वाचन केन्द्रमा खटाइने निर्वाचन अधिकृतहरूमा  निजामती  सेवाका  उपसचिव  खटाउन  सो पदका नामावली उपलब्ध गराउन आयोगले मन्त्रालयलाई गत साता आग्रह गरेको थियो ।

आयोगको आग्रहसँगै मन्त्रालयले आवश्यक उपसचिव पदका  कर्मचारीको  सूची  तयार  गर्न  लागेको  मन्त्रालयका उपसचिव रवीन्द्रजङ्ग थापाले जानकारी दिए ।  गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्