०१ असार २०८३, सोमबार

एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस–एमाले

फागुन १२, २०७८
एमसीसी पास गर्न मोडालिटी बनाउँदै कांग्रेस–एमाले

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीलाई अघि बढाउनेसहितका मुख्य चार विषयमा ‘जेन्टल एग्रीमेन्ट’ भएको दाबी गरिएको छ ।

प्रधानमन्त्री दृउवा र एमाले अध्यक्ष ओलीबीच मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा एमसीसी संसदबाट रणनीतिक योजनाबाट पास गर्ने सहितका विषयमा एक्लाएक्लै वार्ता भएको थियो ।

सो भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ दलमा नै एमसीसीको विषयमा फरक मत रहँदै गर्दा नै सरकारले संसद्मा एमसीसी टेबल गरेको र पास गर्ने पर्ने दबाब आफूमाथि रहेको भन्दै सहयोगका लागि ओलीसँग आग्रह गरेका थिए । 

बिहीवार बस्ने संसद बैठकमा भने एमालेले एमसीसीसम्बन्धी प्रस्तावलाई छलफल गर्दै पास गर्न दिनेगरी संसदमा रणनीतिक रुपमा प्रस्तुत हुने सहमति प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भएको छ । 

सो रण्णनीतिअनुसार एमालेले आफ्नो विरोधलाई पनि कायम राख्नेछ भने एमसीसी पास गर्ने गरी सरकारलाई अन्तिम समयमा साथ दिने बताइएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्