२२ जेठ २०८३, शुक्रबार

गभर्नर अधिकारीको चर्को आलोचना

फागुन १२, २०७८
गभर्नर अधिकारीको चर्को आलोचना

नेपाल उद्योग वाणिज्य महासंघले बुधवार राजधानीमा आयोजना गरेको नेपाल राष्ट्र बैंकका उच्च अधिकारी, बैंकर्स र अर्थविद्हरूसँगको अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आलोचना भएको छ ।

अहिले मौद्रिक नीतिको लक्ष्यभन्दा बढी कर्जा प्रवाह गर्दा पनि राष्ट्र बैंक चुप लागेर बसेको भन्दै अर्थविद् एवं सम्बन्धित क्षेत्रका विज्ञहरूले राष्ट्र बैंकका गर्भनर अधिकारीलगायत उच्च नेतृत्व तहमा बस्नेहरूको चर्को आलोचना गरेका हुन्।

हाल १९ प्रतिशत कर्जा विस्तार गर्ने मौद्रिक नीतिको लक्ष्य हुँदाहुँदै ३३ प्रतिशतसम्म बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा पनि राष्ट्र बैंक मौन रहनले गभर्नर अधिकारीमा देशको अर्थतन्त्रसम्बन्धी ज्ञानको अभाव भएको आरोप अर्थविद्को छ ।

अर्थविद् अच्युत वाग्लेले यस्तो आरोप लगाएका हुन् । हाल लघुवित्त कम्पनीको औचित्य नभएकाले अब खारेज गर्नुपर्ने धारणा राख्दै उनले पछिल्लो समय रेमिट्यान्स आप्रवाह घट्नुमा बिटक्वाइनमा ठूलो लगानी भएको टिप्पणी गरे।

यसैगरी, अर्थमन्त्री जनार्दन शर्माले समेत अहिले गर्भनर मुलुकको अर्थतन्त्रका बारेमा त्यति जानकार नरहेको आरोप लगाए ।

उनले विज्ञले समेत अर्थतन्त्रका बारेमा सुझाब नदिएको र बैंक वित्तीय संस्था निक्षेप संकलन गर्ने उपायको खोजी गर्नेभन्दा पनि राष्ट्र बैंकको स्थायी तरलता सुविधामा परनिर्भर भएकाले हाल मुलकको अर्थतन्त्रमा यस्ता समस्या आएको बताए।

अर्का अर्थविद् पोषराज पाण्डेले पनि बैंकिङ प्रणालीमा तरलता अभाव हुनु र ब्याजदर बढ्नुमा राष्ट्र बैंक जिम्मेवार रहेको आरोप लगाए ।

राष्ट्रिय योजना आयोगका पर्वउपाध्यक्षसमेत रहेका पाण्डेले मौद्रिक नीतिको लक्ष्यभन्दा बढी कर्जा प्रवाह हुन, एनपीए लेभल वास्तविक नहुन, तरलता अभाव हुन र ब्याजदर बढ्नमा राष्ट्र बैंकको कमजोर नियामकीय भूमिका भएको आरोप लगाए । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्