०१ असार २०८३, सोमबार

आज बाँडिदै राष्ट्र उत्थान लघुवित्तको आईपीओ, २५ लाखभन्दा बढीको हात खाली हुने

फागुन १२, २०७८
आज बाँडिदै राष्ट्र उत्थान लघुवित्तको आईपीओ, २५ लाखभन्दा बढीको हात खाली हुने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट हुदैछ ।

बिहीवार दिउँसो ३ बजेपछि आईपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

यसको प्री–अलोटमेन्ट बुधबार सम्पन्न भइसकेको छ । राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 
 
जसमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो । यसको आइपीओ हात पार्न अब भाग्यकै भरपर्नु भएको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ७९ हजार ४५० जनाले मात्र सेयर हात पार्नेछन् ।
 
बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली हुनेछ । कम्पनीले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्