२२ जेठ २०८३, शुक्रबार

बलेफी हाइड्रोपावरमा आईपीओ भर्ने समय थप

फागुन १२, २०७८
बलेफी हाइड्रोपावरमा आईपीओ भर्ने समय थप

बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने समय थप भएको छ ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको बलेफी हाइड्रोपावरको आईपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ । 
 
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ ।
 
यस आइपीओमा महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा, र सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सकिनेछ ।  यस्तै, कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंककोे खाडीचौर र चौतारा शाखाबाट पनि आइपीओ भर्न सकिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्