२६ जेठ २०८३, मंगलबार

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

फागुन १२, २०७८
चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ । 

ट्राफिक प्रहरीले रामेछाप सुनापाती गाउँपालिका घर भई काठमाडाैं बस्ने २३ वर्षीय आर्टी तामाङलाई बनेपाको भीमसेन मन्दिरबाट हराएको बा.प्र.०२,०१७ प ७७२४ नम्बरको कालो, रातो रङको २२० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

वास्तविक नम्बर प्रदेश ३-०२, ००४ प ९५९८ खुल्न आएको सो मोटरसाइकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ । सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारीसमेत दिइसकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाइकलसहित पक्राउ परेका मानिसलाई चोरी मुद्दामा अनुसन्धान एव कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको महाशाखाले जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्