
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
एमसीसीमा छलफल गर्नका लागि संसद बैठक शुरू हुनुअगाडि प्रचण्डले देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग संवाद गरेका हुन् ।
बिहान करीब ९ बजे सिंहदरबारमा प्रचण्ड र माधव नेपाल छलफल गरेपछि प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए ।
बालुवाटारमा एमसीसी र सरकारबारे छलफल भएको प्रचण्डको सचिवालयले बताएको छ ।
प्रधानमन्त्रीलाई भेटेर प्रचण्ड बालुवाटारबाट फर्किसकेका छन् ।