
युक्रेनको लुहान्स्क क्षेत्रमा युक्रेनी सेनाले रुसी सेनाका पाँचवटा विमान र एउटा हेलिकप्टर खसाएको सेनाको प्रेस सेवाले फेसबूकमा जानकारी दिएको छ ।
युक्रेनको सीमा अतिक्रमण गरेकाले ती विमान खसाइएको उसले बताएको छ ।
‘प्रारम्भिक सूचनाअनुसार, रुसका पाँच विमान र एक हेलिकप्टरलाई लुहान्स्क क्षेत्रमा खसाइएको छ,’ युक्रेनी सशस्त्र बलको प्रेस सेवाले लेखेको छ ।