![एमसीसीमाथि छलफल हुने दिन संसद् भवन बाहिर जे देखियो [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/mcc_birodh_fagun_12__4_TAazMHfN3X.jpg)
आजको संसद बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामाथि छलफल हुने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन शुरू भएको छ ।
एमसीसीको विपक्षमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले विरोध प्रदर्शन गरिरहेका छन् ।
माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । बानेश्वर क्षेत्रमा रोड खाली गरेर प्रहरीले ब्यारिकेड राखेको छ ।
संसद भवनको सुरक्षालाई ध्यानमा राखेर बुधवार नै कम्पाण्डमा काँडेतार लगाइएको छ ।
सशस्त्र र जनपद प्रहरी बानेश्वर क्षेत्रमा परिचालित छन् भने निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई पानीको फोहोरा हान्नको लागि तीन वटा गाडी तयारी अवस्थामा राखिएको छ ।
प्रदर्शनकारीहरू माइतीघर मण्डला र मीन भवन क्याम्पस क्षेत्रबाट बानेश्वर चोकतिर प्रदर्शन अघि बढाएका छन् ।











