२३ जेठ २०८३, शनिबार
संसदमा एमसीसी

एमसीसी आज निर्णयार्थ पेश नहुने, छलफल जारी राखेर बैठक स्थगित गर्ने तयारी

फागुन १२, २०७८
एमसीसी आज निर्णयार्थ पेश नहुने, छलफल जारी राखेर बैठक स्थगित गर्ने तयारी
फाइल फोटो

विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौताबारे प्रतिनिधि सभामा बिहीवार छलफल हुँदैछ ।

संसद् भवन नयाँ बानेश्वरमा अहिले केहीबेरमा छलफल शुरू हुन लागेको हो ।

एमसीसी सम्झौतालाई विचार गरियोस् भन्ने निर्णायक प्रस्ताव भने आज पेश नहुने भएको छ ।

सवा १ बजे सकिएको कार्यव्यवस्था परामर्श समितिको बैठकले सैद्धान्तिक छलफल जारी राख्ने सहमति गरेको हो ।

विचार गरियोस् भन्ने प्रस्तावमा हुन्न भन्ने पक्षमा बहुमत देखिएमा यहीँ फेल भएको मानिन्छ ।

अर्को बैठक कहिले राख्ने भन्ने विषयमा सहमति जुटेको छैन ।

भोलि शुक्रवार नै अर्को बैठक राख्नेबारे छलफल चलिरहेको संसद् सचिवालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्