
साताको अन्तिम दिन बिहीवार शेयर मापक सूचक नेप्से ५८.९९ अंकले घटेको छ ।
बजार २.१७ प्रतिशतले घटेर २६६१.४४ बिन्दुमा झरेको छ । बजार घटेसँगै कारोबार रकम पनि ४ अर्ब २९ करोड रूपैयाँ पुगेको छ ।
आज २२९ वटा कम्पनीको ८४ लाख ९० हजार कित्ता शेयरको ६५ हजार पटक कारोबार भएको छ ।
बजार घटेको दिन हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले भने ९.९१ प्रतिशतले कमाएका छन् । यसको शेयर मूल्य बिहीवार ९.९१ प्रतिशतले बढेको छ ।

सनराइज फस्ट म्युचुलअ फन्ड, नबिल समृद्धि फन्ड, शिवश्री हाइड्रोपावर, नबिल इक्युटी फन्डसहितका शेयरधनीले पनि ०.७३ देखि १.८९ प्रतिशतले कमाएका छन् ।
आज सबैभन्दा बढी गुमाउने कम्पनीमा भने युनिभर्सल पावर कम्पनी, न्यादी हाइड्रोपावर, नयाँ सारथि लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, ग्रिनलाइफ हाइड्रोपावर छन् । त्यसका लगानीकर्ताले ४.९५ प्रतिशतले गुमाएका छन् ।
बिहीवार सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यसको ६ लाख ४२ हजार कित्ता शेयरको २६ करोड ९७ लाख रूपैयाँको कारोबार भएको छ ।