०४ असार २०८३, बिहीबार

नेपालमा ७७ जिल्ला !, नवलपरासी र रुकुममा के हुन्छ ?

कात्तिक २०, २०७४
नेपालमा ७७ जिल्ला !, नवलपरासी र रुकुममा के हुन्छ ?

काठमाडौँ, २० असार- संविधानसभाले संविधान जारी गर्दा निर्माण गरेको प्रदेशमा रुकुम र नवलपरासीलाई विभाजन गरिएको छ । रुकुमको पूर्वी क्षेत्र प्रदेश नम्बर ५ र पश्चिम रुकुमको क्षेत्र भने प्रदेश नम्बर ६ मा रहेको छ । जिल्ला टुक्रिए पनि रुकुमलाई दुई जिल्ला मान्ने कि नमान्ने भन्ने अहिलेसम्म प्रस्ट भएको छैन । त्यसैगरी, नवलपुर क्षेत्र प्रदेश नम्बर ४ मा परेको छ भने परासी क्षेत्र प्रदेश नम्बर ५ मा छ । यी दुवै जिल्लालाई कतिवटा मान्ने भन्नेमा निर्वाचन आयोगले सरकारसँग जवाफ मागेको थियो । सरकारले अहिलेसम्म जवाफ नदिएकाले ती दुई जिल्लाबारे प्रस्ट हुन नसकेको आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए, नयाँ पत्रिकामा खबर छ ।

नवलपरासी र रुकुममा के हुन्छ ?
सरकारले अहिलेसम्म रुकुम र नवलपरासीलाई दुई जिल्ला बनाउन सकेको छैन । जसले गर्दा यी दुई जिल्लामा जिल्ला समन्वय समिति गठन गर्न समस्या भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अहिलेसम्म जिल्लाको संख्या यकिन गर्न नसकेपछि ती जिल्लामा के गर्ने भन्ने प्रस्ट हुन सकेको छैन । जिल्ला विभाजन गरिएकाले समन्वय समिति बनाउन समस्या भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्