०९ साउन २०८३, शनिबार

यथास्थितिमा एमसीसी पास गरिए नेपाल द्वन्द्वको भूमरीमा फस्छ- भीम रावल

फागुन १२, २०७८
यथास्थितिमा एमसीसी पास गरिए नेपाल द्वन्द्वको भूमरीमा फस्छ- भीम रावल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भीम रावलले शक्ति राष्ट्रहरूको चपेटामा देश परेको बताएका छन् । उनले एमसीसीमा राष्ट्रहित विपरीत धेरै प्रावधानहरू रहेको भन्दै त्यो नसच्याइ नेकपा एमाले जस्तो जबजको सिद्धान्त र महाधिवेशनबाट पारित कार्यक्रमहरू बोकेको पार्टी एमसीसीको समर्थनमा जान नहुने बताएका हुन् । 

सांसद रावलले नेकपा एमालेको नीतिमा भएका कुराहरूले पनि एमसीसीको समर्थन गर्न नदिने जिकिर गरे । 

‘कुर्सीको लागि खिचडी पकाउने, राष्ट्र जतासुकै जाओस्, त्यसको मतलब नराख्ने । यत्रो जनता र यसबाट पर्ने कूप्रभावहरू छ, त्यसप्रति संवेदनशील नहुने कुराको नै यो एउटा परिचायक हो जस्तो मलाई लाग्छ,’ उनले भने, ‘यथास्थितिमा एमसीसी पास गरियो भने यसले नेपाललाई द्वन्द्वको भूमरीमा लैजान्छ ।’

शक्ति राष्ट्रहरूको द्वन्द्वको चपेटामा देश पर्छ भनेर शुरूकै दिनमा भनेको भन्दै उनले भने, ‘अहिले त्यो कुराको पुष्टि हुँदैछ ।’

salt training

कमेन्ट गर्नुहोस्