२४ असार २०८३, बुधबार
एमसीसीको सकस

ओली–प्रचण्ड छलफल सकियो

फागुन १२, २०७८
ओली–प्रचण्ड छलफल सकियो

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का नेताहरूबीच बानेश्वरमा भएको छलफल सकिएको छ ।

भेटपछि बाहिरिने क्रममा माओवादी अध्यक्षले एमसीसी र सदनको अवरोध खुलाउने विषयमा छलफल भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच वान अन वान वार्ता भएपछि दुवै पार्टीका दोस्रो तहका नेताहरू सहित छलफल भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष ओलीलाई भेटेर बाहिरिएपछि प्रचण्ड ओलीको कार्यकक्षमा पुगेका थिए ।

भेटमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा माओवादीबाट नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत समेत सहभागी थिए ।

एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेका बेला ओली र प्रचण्डबीच छलफल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि प्रधानमन्त्री देउवा तथा कांग्रेस महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसहित एमाले नेताहरूसँग छलफल गरेका थिए ।

ओली र देउवाबीच पनि अन्तिममा एक्लाएक्लै छलफल भएको थियो ।

कांग्रेस र एमालेका नेताहरूबीच आजै साँझ बालुवाटारमा पनि छलफल हुने कांग्रेस महामन्त्री गगन थापाले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्