
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो संवाद गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले एमाले अध्यक्ष ओलीसँग भिडियो संवाद गरेका सीसीसीले बताएको छ ।
भिडियो संवादका क्रममा नेपाल–चीन सम्बन्धबारे कुराकानी भएको बताइएको छ । संवादका क्रममा नेपाल र चीन तथा २ पार्टी बीचको सहकार्यका सम्बन्धमा कुराकानी भएको बताइएको छ ।
नेपालमा अमेरिकी सहयोग एमसीसी अनुमोदनको प्रक्रियामा गएपछि नेपालमा चिनियाँ चासो बढेको छ ।
बुधवार सीपीसीका विदेश विभाग उपप्रमुख चेन झाओले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भिडियो संवाद गरेका थिए ।
नेपालले स्वतन्त्रतापूर्वक छनोट गर्ने विकासको काममा चिनियाँ पक्षले सधैं सहयोग गर्ने झाओले अध्यक्ष नेपाललाई बताएको वक्तव्यमा उल्लेख छ ।