२१ जेठ २०८३, बिहीबार
एमसीसीको सकस

बालुवाटारमा शुरू भयो देउवा-ओली दोस्रो चरणको छलफल

फागुन १२, २०७८
बालुवाटारमा शुरू भयो देउवा-ओली दोस्रो चरणको छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच बालुवाटारमा छलफल शुरू भएको छ ।

प्रधानमन्त्री देउवासँग दोस्रो चरणको छलफलका लागि एमाले नेताहरू बिहीवार साँझ बालुवाटार पुगेका हुन् ।

यसअघि बानेश्वरस्थित संसद् भवनमा एमाले र कांग्रेसका नेताहरूबीच पहिलो चरणको छलफल भएको थियो ।

एमसीसीका कारण वर्तमान सत्ता गठबन्धन धरापमा परेपछि देउवाले एमालेको साथ खोजेका छन् । 

एमाले पनि वर्तमान गठबन्धन टुट्ने र आफ्ना माग सम्बोधन हुने अवस्थमा एमसीसीमा सघाउन तयार भएको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।

चुनावसम्मका लागि संघीय सरकार कांग्रेसले नै चलाउने, प्रदेशहरूमा शक्ति बाँडफाँड गर्ने तथा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने विषयमा कांग्रेस–एमालेबीच छलफल चलेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार एमसीसी पारित गर्नका लागि सहयोगी भूमिका नखेलेको निष्कर्षसहित देउवा पनि सभामुख हटाउनेसम्मको विकल्पका लागि तयार देखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्