२३ जेठ २०८३, शनिबार

मालपोत कार्यालय चावहिलका खरिदारसहित ३ जना पक्राउ

फागुन १२, २०७८
मालपोत कार्यालय चावहिलका खरिदारसहित ३ जना पक्राउ

मालपोत कार्यालय चावहिलका खरिदार लक्ष्मण बस्नेतसहित ३ जना घूस सहित पक्राउ परेका छन् ।  जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामका लागि सेवाग्राहीसँग घुस १ ला ३५ हजार माग गरेको भन्‍ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । 

सो कार्यमा संलग्न होटल व्यवसायी मिना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ समेतलाई घूस बापतको सो रकम लिइसकेको अवस्थामा चावहिल स्थित मुस्ताङ हाम्रो थकाली भान्छाघरबाट पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्