
‘आज मैले तपाईंहरूका राष्ट्रपतिसँग फोन वार्ताको पहल गरेको थिएँ । तर, त्यसको कुनै जवाफ आएन । त्यसैले म तपाईंहरूलाई आज राष्ट्रपतिका रूपमा नभई एक युक्रेनी नागरिकका रूपमा सम्बोधन गर्न गइरहेको छु ।’
युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गर्न‘भन्दा केही घण्टाअघि मात्र रुसी जनतालाई भावुक सम्बोधन गर्दै युद्ध रोक्न आह्वान गरेका थिए । तर, उनको यो आह्वानको कुनै सुनुवाइ भएन । बरु उनको यस्तो आह्वानको केही समयमै युक्रेनको राजधानी किएभ मात्र नभई पूर्वी युक्रेनका अरू धेरै सहरमा विस्फोट भइसकेका थिए ।
त्यही विस्फोटको आवाजले किएभका बासिन्दा ब्युँझिएका थिए । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सम्बोधनका क्रममा कथंकदाचित आक्रमण भइहाले आफूहरू चुप लागेर नबस्ने र बरु आफ्ना राष्ट्रपतिलाई सम्झाउन पनि भनेका थिए । उनले भनेका थिए, ‘दुई हजार किलोमिटरभन्दा लामो सीमाले तपाईं हामीलाई छुट्याएको छ ।
तपाईंहरूका नेताहरूले ती सैनिकलाई अगाडि बढेर अर्को मुलुकको भूमिमा प्रवेश गर्ने अधिकार दिएका छन् । र, यो कदम युरोप महादेशमा एउटा ठूलो युद्धको सुरुवात बन्न सक्छ । हामीलाई प्रस्ट थाहा छ, यो युद्ध हामीलाई आवश्यक छैन । न शीतयुद्ध न वास्तविक युद्ध । न कुनै मिश्रित युद्ध नै चाहिएको छ । तर, यदि हामीमाथि आक्रमण भयो भने, तिनले हाम्रो मुलुक खोस्ने प्रयास गरे भने, हाम्रो स्वतन्त्रता, हाम्रो जीवन, हाम्रा बालबच्चाको जीवन खोस्न खोजे भने हामी त्यसको प्रतिरक्षा गर्नेछौं ।
र, तपाईंहरूले हामीलाई आक्रमण गर्दा हामी पिठ्युँ फर्काएर भाग्ने छैनौं, अनुहार देखाएर सामना गर्नेछौं ।’ विशाल छिमेकी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथिको सैन्य कारबाही घोषणासँगै युक्रेन र रुसको तनाव नयाँ चरणमा प्रवेश गरेको छ । राष्ट्रपति पुटिनले बिहीबार बिहान टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका छन् ।
आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षे त्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वीयुक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरे को थियो । हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकुको नियन्त्रण छ ।
यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढीको ज्यान गइसके को छ । रसियाले अहिले युक्रेनको पूर्वीभागमा रहेका तीनै क्षेत्रलाई के न्द्रित गरी सैनिक अपरेसन थालेको बताउँदै आएको छ तर रिपोर्टमा पूरै युक्रेनमा रसियाली सेनाले आक्रमण थालेको समाचार छ ।
युक्रेनसँग रहेको सेनाले रसियाली आक्रमण झेल्न कठिन हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले लेखेका छन् । अमेरिका र नेटोले युक्रेनलाई उपलब्ध गराएको सीमित हातहतियार र तालिमले रसियाली आक्रमणको प्रतिरोध गर्न सक्नेमा ती सञ्चार माध्यमले शंका व्यक्त गरेका छन् । रसियालाई चिढ्याउन र युक्रे नमाथि आक्रमणका लागि उक्साउन एउटा कारक मानिएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को गतिविधि पनि हो ।
युक्रेनको पछिल्लो राजनीतिक नेतृत्वले पश्चिमा मुलुकको सैनिक गठबन्धनका रूपमा परिचित नेटोको सदस्य बन्न तीव्र इच्छा जनाउँदै आएको छ र पश्चिमा सञ्चारमाध्यमले अधिकांश युक्रेनी जनता नेटोको सुरक्षा छाता मातहत रहन चाहेको समाचार प्रसार गरिरहे का छन् । राजधानी दैनिकमा खबर छ ।