०५ असार २०८३, शुक्रबार

एमसीसी : भित्र वार्ता, बाहिर झडप

फागुन १३, २०७८
एमसीसी : भित्र वार्ता, बाहिर झडप

रामेछापकी मनमाया चौलागाईं बिहीबार काभ्रे बनेपाबाट आउँदै थिइन् । टेकु पुग्नु थियो। तर, बसले कोटेश्वरमै ओराल्यो। हिँडेर जानुपर्ने भयो।

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीचको घम्साघम्सीले पैदल जान पनि कठिन भयो।

घरी प्रहरीले अश्रुग्यास हान्थे। घरी प्रदर्शनकारीले ढुंगा हान्थे। भाग्दाभाग्दै "बीचमा' परिने हो कि भन्ने चिन्ता थियो, चौलागाईंलाई।

'दुःख भनेको त हामी गरिबलाई नै आइपर्ने रहेछ', उनले भनिन्। 

एमसीसीको विपक्षमा रहेकाहरूले प्रतिनिधिसभा बैठक बस्ने दिन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्।

बिहीबार संसद भवनमा दलहरूबीच वार्ता चलिरहँदा बाहिर उक्त ठाउँ अशान्त बन्यो । तर, यस्तो प्रदर्शनको चुरो कुराबारे अनभिज्ञ छिन् मनमाया।

बरु छिटो टेकु पुगेर ठेलामा चटपटे बेच्ने हतार थियो उनलाई। |

'देशलाई एमसीसी चाहिन्छ कि चाहिँदैन के भन्नु ?' ३७ वर्षकी उनले भनिन्, 'हामीलाई थाहा छैन। बाटोघाटो छेउमा पसल राखेर खानेलाई दरबार आए पनि हामीलाई हुने केही होइन। पसल गर्नेहरूको सरसामान लुटपाट हुन्छ । झन् त्यसमाथि बन्दले सधैं दुःख दिन्छ।'

बानेश्वर क्षेत्र बिहीबार प्रहरी र प्रदर्शनकारीले भरिभराउ थियो। दिनभर घम्साघम्सी चल्यो। दुई घण्टासम्म त लगातार झडप नै भइरह्यो। ।

व्यापार व्यवसाय ठप्प थियो। तोडफोडको डरले व्यापारीले पसल खोलेनन् । तीनकुनेबाट माइतीघरसम्मका सडकमा गाडी गुडेनन् ।

निषेधित क्षेत्र भन्दै प्रहरीले सडकमा काँडेतार र फलामे छेकबार लगाएको थियो। । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । अन्नपूर्ण पोस्टमा राजकरण महतोले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्