
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले रुसले युक्रेनमाथिको हस्तक्षेप तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका उनले आफ्नो भौगोलिक अखण्डता रक्षा गर्ने अधिकार प्रत्येक राष्ट्रलाई भएको भन्दै राष्ट्रिय सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने बताएका हुन् ।
'रुसको हस्तक्षेपका कारण युक्रेनमा विस्फोट, विनाश र मानिसको पलायनको खबर सञ्चारमाध्यममा पढेर दुःख लागेको छ,' शुक्रवार उनले ट्वीटरमा लेखेका छन्, 'आफ्नो भौगोलिक अखण्डता रक्षा गर्ने अधिकार प्रत्येक राष्ट्रलाई छ । राष्ट्रिय सार्वभौमसत्तालाई सम्मान गर्नुपर्छ, रुसले हस्तक्षेप तत्काल बन्द गर्नुपर्छ ।'
रुसले युक्रेनमाथि हमला जारी राखेको छ ।
Saddened by the media reports covering explosions, devastations and fleeing exodus in Ukraine, caused by Russian intervention. Every nation has right to protect its' territorial integrity. National sovereignty should be respected.
— Pradeep Gyawali (@PradeepgyawaliK) February 25, 2022
Russia should stop intervention immediately.