२२ जेठ २०८३, शुक्रबार
एमसीसीले निम्त्याएको तनाव

संसद् बैठकअघि दलहरू आन्तरिक छलफलमा, कांग्रेस-एमालेको वार्ता आज पनि

फागुन १३, २०७८
संसद् बैठकअघि दलहरू आन्तरिक छलफलमा, कांग्रेस-एमालेको वार्ता आज पनि
फाइल फोटो

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन धरापमा परेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद अगाडि बढाएपछि गठबन्धन टुट्ने दिशातर्फ गएको छ । 

विकसित पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीति बनाउन नेकपा (माओवादी केन्द्र)का पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बसेको छ ।

एमसीसी पास गर्ने प्रधानमन्त्रीको तयारीपछि माओवादीले सरकारबाट अलग्गिने मुड बनाएको छ । एमसीसीबारे संसदमा मत विभाजन हुनुअघि सरकार छाड्ने माओवादीको तयारी छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पार्टीभित्र आन्तरिक छलफल शुरू गरेका छन् ।

एमालेसँग बिहीवार राति छलफल गरेका देउवाले एमसीसी पास गर्ने रणनीति बनाउन पार्टीमा छलफल गरेका हुन् । 

जिल्ला भ्रमणमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि काठमाडौं फर्किँदैछन् ।

एमसीसीबारे छलफल गर्न प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बिहीवार अन्तिम समयमा स्थगित बैठक शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्