१० साउन २०८३, आइतबार

युक्रेनमा बस्ने नेपालीलाई बर्लिन दूतावासले भन्यो- घरभित्रै सुरक्षित रहनू

फागुन १३, २०७८
युक्रेनमा बस्ने नेपालीलाई बर्लिन दूतावासले भन्यो- घरभित्रै सुरक्षित रहनू

जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा बसोबास गरिरहेका नेपाली नागरिकलाई संयमता अपनाई घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ । 

युक्रेनको हवाई क्षेत्र नागरिक/व्यावसायिक उडानका लागि अल्पकालीन बन्द भएकोले हवाई मार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नभएको देखिएकाले बसिरहेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको हो । 

यस्तै युक्रेन सरकार र सम्बन्धित शिक्षण संस्था/कम्पनीले जारी गरेको निर्देशन पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फ बढी सुरक्षित स्थानमा जान, साथीभाइ, परिवार र नियोगसँग नियमित सम्पर्कमा रहन दूतावासले अनुरोध गरेको छ । 

त्यस्तै राहदानी, परिचयपत्र, सवारी चालक अनुमति पत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न हुन, एयरसाइरन वा बम वार्निङ आदिको अवस्था भए नजिकको बम सेल्टर प्रयोग गर्न (भूमिगत रेलमार्ग) र घटनाबारे नियमित अध्यावधिक जानकारी राख्न दूतावासले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्