२४ जेठ २०८३, आइतबार
माओवादी बैठक

गठबन्धन बचाउन अन्तिम पहल गर्ने माओवादीको निर्णय, एमसीसी पारित नगर्ने अडानमा यथावत

फागुन १३, २०७८
गठबन्धन बचाउन अन्तिम पहल गर्ने माओवादीको निर्णय, एमसीसी पारित नगर्ने अडानमा यथावत
फाइल फोटो

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गठबन्धन बचाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले सत्ता गठबन्धन बचाउने विषयमा अन्तिम पहल गर्ने निर्णय गरेको हो ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद बाक्लो बनाएका बेला माओवादीले एक चरण कांग्रेससँग छलफल गर्ने तयारी गरेको हो ।

बैठकले एमसीसीका सम्बन्धमा भने पूर्ववत् सैद्धान्तिक धारणामा यथावत रहने निर्णय गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

माओवादीले यथास्थितिमा एमसीसीका पक्षमा मतदान नगर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्