जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ ।
बालकुमारीमा भइरहेको बैठकमा एमसीसी, पार्टीको विधान, स्थानीय तह निर्वाचन र देशको वर्तमान राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकमा पदाधिकारी, केन्द्रीय कार्यकारी समितिका सदस्यहरू छन् ।