काठमाडौं— व्यक्तिगत जीवन होस् वा व्यावसायिक, कंगना रनावत जे कुरा पनि प्रस्ट भन्छिन् । हालै एक समारोहमा कंगनालाई सोधियो, ‘तपाईंका फ्यानहरूले नयाँ वर्षमा के अपेक्षा गर्ने ?’ उनले जवाफ दिइन्, ‘बिहे गर्छु ।’

‘को हुन् त ती भाग्यमानी पुरुष ?’ भनी सोधिएको प्रश्नमा कंगनाले हाँसेर टारिन् ।
कंगना छिट्टै रंगून फिल्ममा देखिँदैछिन् । यो एक ऐतिहासिक कथामा आधारित फिल्म हो । फागुन १३ गते यो सार्वजनिक हुनेछ ।
फिल्मका निर्देशक विशाल भारद्वाज हुन् भने यसलाई साजिद नाडियाडवाला र सिद्धार्थ कपूरले यसलाई निर्माण गरेका हुन् ।
एजेन्सी