१७ असार २०८३, बुधबार

गैरआवाशीय नेपाली संघ नेदरल्याण्डमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुदै

गैरआवाशीय नेपाली संघ नेदरल्याण्डमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुदै

नेदरल्याण्ड,१९ असार - गैर आवाशिय नेपाली संघ नेदरल्याण्डमा नेपाली कांग्रेस, नेकपा एमाले विच कडा प्रतिस्पर्धा हुने भएको छ ।

पाँचौ राष्ट्रिय महाधिवेशनमा जनसम्पर्क समिति र प्रवासी नेपाली मंञ्च विचमा आउदो सेक्टेम्बर तिनमा आम्स्ट्रडाममा भिडन्त हुने भएको छ । प्रवासी नेपाली मञ्चको तर्फबाट टिकाराम सापकोटाको उमेदवारी घोषणा भएको छ ।

विगत देखि सहमती तथा समन्वयनको नाममा जनसम्र्पक समिति काग्रेशले एक लौटी गर्दै आएकाले अब उप्रान्त यो क्रम भङ्ग गर्ने रणनितिका साथ चुनावी अभियानमा होमीएको प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रेमकाजी गुरुङ्गले लोकान्तरलाई बताए ।

उता जनसम्र्पक समितिको तर्फबाट ठाकुर प्रसाद शर्मालाई एनआरएन अध्यक्षमा पठाउने जनसम्र्पक समितिले निर्णय गरेको छ । वर्तमान एनआरएन अध्यक्ष हिमाल गुरुङ्गले आईसिसि सदस्यमा उमेदवारी घोषडा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्