०८ असार २०८३, सोमबार

अब प्रेमी जोडीलाई सरकारले नै कोठा दिने, भाडा एकदम सस्तो

कात्तिक २०, २०७४
अब प्रेमी जोडीलाई सरकारले नै कोठा दिने, भाडा एकदम सस्तो

प्रेम गर्नेहरुले विभिन्न सास्ती खेप्नुपर्छ । अभिभावक, समाज र आफन्तबाट छुपेर प्रेम गर्नु पक्कै पनि चूनौतपूर्ण छ । यस्तै समस्यालाई मध्यनजर गरेर अब प्रेमी जोडीहरुको लागि सरकारले नै कोठा उपलब्ध गराउने भएको छ । तर यस्तो व्यवस्था नेपालमा नभइ क्यूवाको राजधानी हवानामा लागू हुन लागेको हो ।

प्रशानको भनाइ छ कि क्यूबाको राजधानी हवानामा ती होटेलका नेटवर्कहरुलाई पुनः सक्रिय बनाउन लागिएको छ, जसमार्फत प्रेमीहरुले केही घण्टाका लागि कोठा भाडामा लिन सक्छन् ।

‘लभ होटल’ नाम गरिएका त्यस्ता कोठाहरु सरकारले नै चलाउने गथ्र्यो । सन १९९० को दशमा जब क्यूबामा आर्थिक संकट बढेको थियो तब यस्ता कोठाहरुलाई समुद्री तूफÞानबाट बच्नका लागि आश्रयगृहमा परिणत गरिएको थियो ।

त्यस्तो सरकारी व्यवस्था हटेपछि निजी घरमालिकहरुले प्रेमीहरुलाई भाडामा कोठा दिने अभियान चलाए । तर त्यस्ता कोठाहरु निकै महङ्गा हुन्थे ।

यस्तो हाटेलहरुलाई क्यूबामा ‘पोसारस’ भनिन्छ । सरकारको भनाइ छ कि प्रेमी जोडीहरुलाई सरकार एकदम सस्तो मूल्यमा कोठा भाडामा उपलब्ध गराउने छ । ताकि मानिसहरुलाई प्रेम सम्बन्ध स्थापित गर्न कुनै कठिनाइ नहोस् ।

सामान्यतया सरकारी व्यवस्थामा एक अलग्गै कोठा मिल्छ । उक्त रुममा एसी, एक फ्रीज र एक आरामदायक विस्तरा समावेश गरिएको हुन्छ । यसअघिको व्यवस्थामा यस्तो कोठाका लागि तीन घण्टामा ५ डलर भुक्तानी गर्नु पर्थ्यो ।

तर क्यूबाका मानिसहरुका लागि यो एक महङ्गो सौदा हो । किनकी त्यहाँका मानिसहरुको मासिक प्रतिव्यक्ति आय औषत २९.६० अमेरिकी डलर हुन्छ । यति धेरै मूल्य क्यूबाका सामान्य नागरिकको हैसियतभन्दा बाहिरको कुरा हो ।

क्यूबामा यस्तो बाध्यता पनि छ कि, यदि जोडीहरुबीच सम्बन्ध विच्छे भयो भने पनि उनीहरु अर्को ठाउँमा बसाई सर्न सक्दैनन् । किनकी त्यहाँ घरको संख्या एकदमै कम छ ।

अधिकारीहरुको भनाइ छ कि सरकारले पुनः सक्रिय पार्न लागेको यो योजनाले एक सस्तो र उपयुक्त विकल्प मिल्ने छ । जसले शहरमा ‘लव मेकिंग सेशन’ सुगम हुने छ ।

हवानामा प्रेमी जोडी प्राय पार्क, समुद्री तट तथा प्रसिद्ध मैलाकेन सीफ्रन्टमा प्रेमलाप गरिरहेको देखिन्छन् । बीबीसीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्