२५ जेठ २०८३, सोमबार

ग्राण्डीका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान

फागुन १४, २०७८
ग्राण्डीका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएका छन् । 

फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युर्निभर्सिटीले व्यवस्थापक एवं उद्यमी इञ्जिनीयर कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गरेको भन्दै शुक्रबार साँझ थाइल्याण्डको ब्याङ्ककमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो । 

नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रसंशनीय कार्य गरेबापत इञ्जिनीयर कुँवरलाई सम्मान गरिएको सो युर्निभर्सिटीले जनाएको छ । नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्वितीय उपाध्यक्षसमेत रहेका इञ्जिनीयर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर आफ्नो व्यावसायिक क्षेत्रमा कुशलता निर्वाह गरेका छन् । कुँवरले गोँगबुको नयाँबसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि लोत्से बहुउद्देश्यीय प्रालिको अध्यक्षसमेत भएर काम गरेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्