
रुसी आक्रमणका कारण युद्धमा होमिएको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई ज्यान जोगाएर भाग्न अमेरिकाले प्रस्ताव गरेको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार युक्रेनको राजधानी किभमा रुसी सेना पुगिसकेको अवस्थामा राष्ट्रपति भोलोदीमीरलाई भाग्न सहयोग गर्ने प्रस्ताव अमेरिकाले राखेको थियो । तर राष्ट्रपति भोलोदीमीरले युद्ध संकटका बेला देश छाडेर भाग्न अस्वीकार गरेका छन् ।
राष्ट्रपति भोलोदीमीरले अमेरिकालाई जवाफ दिएका छन्, ‘लडाइँ युक्रेनमा भइरहेको छ, म कहाँ जाउँ ? मलाई हतियार चाहिएको छ, न कि सवारी ।’
उनले आफ्नो भाषणमा रुसविरुद्ध डलिरहेको कसम खाएका थिए । उनले भनेका थिए, ‘जब हामीमाथि हमला हुनेछ, हामी सामना गर्नैछौं, भाग्ने छैनौं ।’