२९ जेठ २०८३, शुक्रबार

'लेट मि इन मिसेस ब्युटी क्वीन नेपाल'मा २० प्रतियोगी छनोट

फागुन १४, २०७८
'लेट मि इन मिसेस ब्युटी क्वीन नेपाल'मा २० प्रतियोगी छनोट

सिजन मिडियाद्वारा आयोजना गरिएको विवाहित महिलाहरूमा केन्द्रित 'लेट मि इन मिसेस ब्युटी क्वीन नेपाल'को पाचौं संस्करणका लागि २० जना सहभागी छनोट गरिएको छ । 

सिजन मिडियाको कार्यालय कमलादीमा छनोट प्रक्रिया सञ्चालन गरिएको थियो । 

छनोट भएका प्रतियोगीहरूलाई आइतवारबाट प्रशिक्षण प्रदान गरिने छ । 

प्रतियोगीहरूलाई प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, जुम्बा ,एरोविक्स, र्‍याफ्टिङ, सेल्फ मेकअप, फोटो सेसन व्यक्तित्व विकाससम्बन्धी पनि प्रशिक्षण दिइने छ । 

विभिन्न सामाजिक संस्थाहरूको संस्थागत भ्रमण जस्तै, माइती नेपाल बाल आश्रम, वृद्धाश्रम आदि मिडिया भिजिट, कल्चरल भिजिट र हस्पिटालिटीसम्बन्धी जानकारी प्रदान पनि गराइने आयोजनकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्