२४ जेठ २०८३, आइतबार

एउटा झोलुंगे पुल बनाएर चुनाव जित्छु भन्ने दिन गए- मुख्यमन्त्री राई

फागुन १४, २०७८
एउटा झोलुंगे पुल बनाएर चुनाव जित्छु भन्ने दिन गए- मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका १४ जिल्लामा कम्तीमा पाँचवटा पुल बनिरहेको बताएका छन् । शनिवार विराटनगरमा भएको एक कार्यक्रममा उनले संघीयतासँगै विकासको विकेन्द्रीकरण भएको बताए ।

नकारात्मक टिप्पणी भए पनि विकासको विकेन्द्रीकरण भएको उनको भनाइ छ । प्रदेशको मूल्यांकन गर्ने समय समेत नआएको उनले बताए । ‘हामी आफैंले छानो कता छ कुर्सी कता छ भनेर खोजेर बस्यौँ,’ उनले भने, ‘बच्चा जन्मने बित्तिकै एकै चोटि विकास हुन सक्दैन ।’ 

एउटा झोलुंगे पुल निर्माण गरेर चुनाव जित्छौँ भन्ने दिनको अन्त्य भएको उनले बताए । संघीय सरकारले अनुदानमा थोरै मात्रै बजेट दिने, राजस्व संकलनका लागि सीमित क्षेत्र मात्रै दिने गरेकोले प्रदेश सरकारले सोचेअनुसारको काम गर्न नसकेको उनको भनाइ छ । 

अहिलेको बजेटको अवस्था हेर्दा १४ वटा जिल्लामा जिल्ला वारपार गर्ने कालोपत्रे गर्ने बाटो बनाउनसमेत नसकिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्